जिल्ला कृषि विकास कार्यालय, मुस्ताङ्

नेपाल अधिराज्यको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने धौलागिरी अञ्चलको चार वटा जिल्लाहरु (बाग्लुङ, पर्वत, म्याग्दी र मुस्ताङ्ग) मध्ये एक विकट तथा दुर्गम हिमाली जिल्ला मुस्ताङ्ग हो । यो जिल्ला पूर्व पश्चिम फैलिएको विशाल अन्नपूर्ण हिमश्रृंखला भन्दा उत्तरपट्टि अवस्थित हिमालपारिको रमणीय दुर्गम जिल्ला हो । हिमालपारिको मुस्ताङ्ग जिल्लाका कृषकहरुले परापूर्वकाल देखि अगाल्दै आएका निर्वाहमुखि परम्परागत कृषि पद्धतिलाई समयानुकूल परिवर्तन गर्दै प्रति इकाई क्षेत्रमा उत्पादन र उत्पादकत्व बृद्धि गरि बहुसंख्यक कृषकहरुको जीवनस्तर उकास्न उन्नत कृषि प्रबिधिको प्रचार प्रसार गर्ने उद्धेश्यले २०३२ सालमा जिल्ला कृषि विकास कार्यालयको स्थापना भएको हो । कार्यालय स्थापनाका शुरुको केहि समय जिल्ला प्रशासन कार्यालय अन्तर्गत कृषि शाखाको रुपबाट पनि यसले कृषि कार्यक्रम संचालन गरेको थियो । हाल नेपाल सरकार कृषि विकास मन्त्रालय, कृषि विभाग, क्षेत्रीय कृषि निर्देशनालय पोखरा अन्तर्गत जिल्ला कृषि विकास कार्यालयको रुपमा यो कार्यालय संचालित छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*