Welcome To Dado Mustang

जिल्ला कृषि विकास कार्यालय, मुस्ताङ्
नेपाल अधिराज्यको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने धौलागिरी अञ्चलको चार वटा जिल्लाहरु (बाग्लुङ, पर्वत, म्याग्दी र मुस्ताङ्ग) मध्ये एक विकट तथा दुर्गम हिमाली जिल्ला मुस्ताङ्ग हो । यो जिल्ला पूर्व पश्चिम फैलिएको विशाल अन्नपूर्ण हिमश्रृंखला भन्दा उत्तरपट्टि अवस्थित हिमालपारिको रमणीय दुर्गम जिल्ला हो । हिमालपारिको मुस्ताङ्ग जिल्लाका कृषकहरुले परापूर्वकाल देखि अगाल्दै आएका निर्वाहमुखि परम्परागत कृषि पद्धतिलाई समयानुकूल परिवर्तन गर्दै प्रति इकाई क्षेत्रमा उत्पादन र उत्पादकत्व बृद्धि गरि बहुसंख्यक कृषकहरुको जीवनस्तर उकास्न उन्नत कृषि प्रबिधिको प्रचार प्रसार गर्ने उद्धेश्यले २०३२ सालमा जिल्ला कृषि विकास कार्यालयको स्थापना भएको हो । कार्यालय स्थापनाका शुरुको केहि समय जिल्ला प्रशासन कार्यालय अन्तर्गत कृषि शाखाको रुपबाट पनि यसले कृषि कार्यक्रम संचालन गरेको थियो । हाल नेपाल सरकार कृषि विकास मन्त्रालय, कृषि विभाग, क्षेत्रीय कृषि निर्देशनालय पोखरा अन्तर्गत जिल्ला कृषि विकास कार्यालयको रुपमा यो कार्यालय संचालित छ...

Message From SADO

कृषि पर्यटन र पुर्वाधार मुस्ताङ जिल्लाको सम्वृद्धि आधार हिमाल पारीको दुर्गम जिल्लाको रुपमा परिचित मुस्ताङ जिल्ला थुप्रै सम्भावना बोकेको जिल्ला हो l मुक्तिनाथ भगवान, दामोदर कुण्ड र भगवान बुद्धका अनुयायीहरुको बाहुल्यता रहेको यो पावन भूमिमा कृषि क्षेत्रले प्राथमिकता पाएको छ l

पशुपालन र जडिबुटी खेति यहाको पुर्ख्यौली पेशा भएतापनि वर्तमान समयमा नेपाल सरकारले लगानी र प्रयासका बाबजुद कृषि पेशा खासगरी स्याउ खेति, ताजा तरकारी खेति र आलु खेति तर्फ कृषकहरु निकै आकर्सित हुदै भएका छन l चिसो र सुक्खा हावापानी एबं कम बर्षा हुने हुदाँ यहा उत्पादित स्याउ निकै स्वादिलो र रसिलो मानिन्छ l बाटोको पहुँच र विभिन्न सरकारी अनुदानका कारण पहिल्लो समयमा कृषकहरुले यहाँ उत्पादित स्याउ, आलु तरकारी र फापर वाट निकै फाइदा लिन थालेका छन् l यो जिल्लामा खेतीयोग्य जमिन बिके कम (१ %) मात्र रहेको र लगभग खेति गरिएको जमिनको करिब ८६% जमिनमा सिंचाई (आम्सिक र बर्ष भरि) सुबिधा उपलब्ध भएको भएता पनि जलवायु परिबर्तनका कारण माथिल्लो मुस्ताङमा पानीका श्रोतहरु सुक्ने क्रम शुरु हुँदा खेतिपाती प्रभावित हुने देखिन्छ l त्यस्तै निकै कम खेति योग्य जमिन वाकी रहेकोले पर्याप्त रुपमा क्षेत्रफल विस्तार गरेर उत्पादन बढाउन सक्ने सम्भावना नरहेकाले बाली व्यवस्थापन, सिंचाई व्यवस्थापन र मलखाद व्यवस्थापनमा जोड गरेर उत्पादकत्व वृद्धि गरेर उत्पादन बढाउन जोड दिनु आजको प्रमुख आवस्यकता देखिन्छ l